२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन आफन्त र शुभच्छुकहरूको भिड

न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन आफन्त र शुभच्छुकहरूको भिड

काठमाडौ । स्वर्गीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन आफन्त र शुभच्छुकहरूको भिड लागेको छ । उनलाई श्रद्धाञ्जली दिनका लागि बिहानै देखि न्यूरो अस्पताल परिसरमा शुभेच्छुकको भिड लागेको हो ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलगायतका व्यक्तित्वहरु श्रद्धाञ्जलीका अस्पलात पुगेका छन् । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका डा. देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ । श्रीमती डा मधु दीक्षित तथा छोरीहरू मेघा, वसुधा र मञ्जरीले उनको काजक्रिया सात दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हिजो साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा उनको निधन भएको थियो । विसं २०१० पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मिएका डा देवकोटाका श्रीमती र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij