
काठमाडौं । रुसमा जारी विश्वकप फुटबल २०१८ मा सर्बियाले विजयी सुरुवात गरेको छ । खेलमा कोष्टारिकालाई १ – ० गोल अन्तरले हराउदै सर्बियाले विजयी सुरुवात गरेको हो ।
समारा रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा सर्बियाका कप्तान कोरालोभले गरेको गोल नै निर्णायक साबित भयो । डिबक्स बाहिरबाट पाएको फ्रिकिकमा कोरालोभले उत्कृष्ट गोल गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij