२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रुसमा विश्वकपका कारण महिलाले विदेशीका बच्चा जन्माउने चिन्ता

रुसमा विश्वकपका कारण महिलाले विदेशीका बच्चा जन्माउने चिन्ता

मस्को । विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई एकल आमाको संख्या बढ्ने चिन्ताले छोएको छ । रुसका महिलाले विश्वकपको समयमा आएका विदेशी पुरुषसँग यौन सम्बन्ध राख्नाले एकल आमाको संख्या बढ्न सक्ने चिन्ताले छोएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबर अनुसार रुसी संसद तामरा प्लेतन्योभाले रेडियो गोभोरिक मोस्कोभालाई अन्र्तवार्ता दिदै विश्वकपपछि एकल आमाको सङ्ख्या बढ्ने चिन्ता व्यक्त गरेकी छन् । उनले विदेशी पुरुष र रुसी महिलाबाट जन्मने बच्चाल पछि दुःख पाउन सक्ने समेत बताइन् ।

उनले विश्वकपका समय आएका पुरुषसँग यौन सम्बन्ध नराख्न समेत रुसी महिलालाई आग्रह गरेकी छन् । रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख समेत रहेकी प्लेतन्योभाले विदेशी अश्वेत पुरुषसँग यौन सम्बन्ध राख्दा मिश्रित सन्तान जन्मन सक्नेप्रति सचेत गराइन् ।

उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको स्मरण गर्दै विदेशीसँग यौन सम्बन्ध रुसीका लागि खतरनाक हुने बताइन् ।

उनले रुसी महिलाले रुसी पुरुषसँगै विवाह गर्नु पर्ने बताइन । ‘विदेशीसँग सम्बन्ध राख्दा बच्चा र आमा दुवैको विजोग हुन्छ,मिश्रित सन्तान जन्मन्छन्, त्यसकारण सुखी परिवारको लागि रुसी नागरिकले एकअर्कासँग विवाह गर्नुपर्छ ।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij