२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मेयरले डोजर कुदाए : पत्रकारसहित ५ जना खोलामा खसे

मेयरले डोजर कुदाए : पत्रकारसहित ५ जना खोलामा खसे

पोखरा । पोखरामा मेयरले डोजर चलाउँदा पाँच जनालाई खोलामा उडाएका छन् ।

पोखराको फिर्के खोलामा पैदलमार्ग निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा प्रमुअ अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा डोजर लगेर रेलिङमा ठोक्काउदा रेलिङमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी फिर्के खोलमा खसेका हुन्।

प्राविधिक ज्ञान नभएका मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा डोजरले पुलको रेलिङ्ग भत्काउँदा समाचार संकलन गरिरहेका संचारकर्मी गण्डकि न्युजका रञ्जन अधिकारी र रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।

पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ भने श्रेष्ठ सामान्य छन् । पौडेललाइ बढी चोट लागेकोहुँदा मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij