२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतको श्रीनगरमा सम्पादकको गोली हानी हत्या

भारतको श्रीनगरमा सम्पादकको गोली हानी हत्या

नयाँ दिल्ली । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा भारतका वरिष्ठ पत्रकार अर्थात ‘राइजिङ कश्मीर’का सम्पादकको गोली हानी हत्या भएको छ ।

सुजात बुखारीको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा भोजमा जाँदै गर्दा गोली प्रहार गरिएको थियो । अज्ञात हमलाकारीले उनको हत्या गरेका थिए ।
मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानिएको थियो । गोली प्रहारबाट उनका निजी सुरक्षा अधिकारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म कसैले पनि हत्याको जिम्मा लिएको छैन । कश्मीर प्रहरीले संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij