२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सन्तोष बजगाईको गजल लेक बेसि।

सन्तोष बजगाईको गजल लेक बेसि।

लेक बेसि घरमा बस्दा दाउरा घाँस गर्नुपर्छ।
कहिले माथी लेकमा चढ्यो कहिले बेसि झर्नुपर्छ।

कहिल्यै दु:ख नगरेकी तिम्लाइ दु:ख हुन सक्ला।
मेरो घरको रक्षा गरि उज्यालोले छर्नुपर्छ।

कहिले ढिडो कहिले आटो यस्तै हुन्छ गाउँको खाना।
ढिडो आटो गुन्द्रुक सङ्ग खादै पेट भर्नुपर्छ।

थोत्रो छ घरको पिढी दिनकै आगन लिप्नुपर्छ।
नमातिने नआतिने जे जे पर्‍यो गर्नुपर्छ।

घरको सस्कार मान्नुपर्छ कान्छी बुहारिले।
केही दु:ख पर्‍यो भने सन्तु अघि सर्नुपर्छ।

सन्तोष बजगाई
नुवाकोट,बेलकोटगढी-९

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij