
काठमाडौँ । मुलुकको प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारत डा. देवकोटाको अवस्था अरु दिनभन्दा गम्भीर रहेको छ ।
विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।
उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । अस्पतालले शुक्रवार राती १२:१५ बजे जनाए अनुसार हाल डा. देवकोटालाई आईसियुमा राखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij