
काठमाडौं । अबदेखि सबै सार्वजनिक सवारी साधनभित्र अनिवार्य रुपमा नम्बर प्लेट राख्नुपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको सुरुवाता ट्याक्सीभित्रबाट गर्ने भएको छ।
यात्रुले सवारीमा चढ्दा नम्बर प्लेट सजिलै देख्नुपर्ने भएकाले यो व्यवस्था ल्याइएको महाशाखाका एसएसपी वसन्त पन्तले बताए।
यसको सुरुवात शुक्रबार (आज) महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले गरेका छन् । एसएसपी पन्तले बा २ ज १८१५ नम्बरको ट्याक्सीभित्र नम्बर प्लेट जडान गरेर यसको उद्घाटन गरेका हुन् ।
यात्रा गर्दा यात्रुले नम्बर नदेख्ने हुँदा सामान छुटे वा कुनै दुर्घटना भए गाह्रो हुने भएकोले यो व्यवस्था लागू गरिएको हो। एक हप्ताभित्र सबै ट्याक्सीले नम्बरको स्टिकर टाँसिसक्न एसएसपी पन्तले अनुरोध गरेका छन्।
नम्बर प्लेट स्टिकरको साइज ३X९ इञ्च हुनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij