संसारसँग तिमी डराउनु भएन।
अप्ठेरोमा आत्तिएर कराउनु भएन।
सुख दु:ख यस्तै हो जिन्दगी
आँखाबाट आँसु बर्बराउनु भएन।
दु:ख पर्यो भन्दैमा रुनु भएन।
बर्बराउदै आँसुले मुख धुनु भएन।
सुख दु:ख जिन्दगीको रीत हो
जिवनमा आफै दु:खी हुनु भएन।

बगैंचामा एउटा मैले माली पाको छु।
कतै हर्ष कतै खुशी ताली पाको छु।
मान्छे न हो कहिलेकाहीँ गल्ती हुँदा
दु:ख सङ्कट अनि मैले गाली पाको छु।
भाउ छैन यो मेरो कस्तो जिन्दगी।
मूल्य छैन गरिबको सस्तो जिन्दगी ।
खोले सिस्नु खानुपर्छ चुहिने छानो
जिउनै पर्ने बाध्यता यस्तो जिन्दगी।
सारा तारा लोभिन्छन् जून भएपछी।
कसले किन्छ कसले बेच्छ सुन भएपछी।
वास्तवमा मूल्यवान हुनुपर्दो रहेछ
नाच्छन् गाउछन् सङ्गीतको धुन भएपछी।
करण तामाङ
बेलकोटगढी -४ सालखर्क,नुवाकोट
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij