२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

विमानस्थल बन्द

विमानस्थल बन्द


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै केहीबेर विमानस्थल बन्द गरिने भएको छ ।

धार्मिक र सांस्कृतिक भ्रमणका लागि मोदी पटनाबाट सीधै जनकपुर आउँदैछन् । त्यहाँ जानकी मन्दिरमा पूजाआजा गरेर नागरिक अभिनन्दन ग्रहण गरेपछि उनी दिउँसो १ बजे काठमाडौँ आउनेछन् ।

मोदी विमानस्थलमा अवतरण गर्नुभन्दा केहीबेर अघिदेखि नै सबै उडान अवतरण रोकिने छ । करिब १ बजेदेखि करिब पौने २ बजेसम्म नियमित उडान अवतरण रोकिने विमानस्थल स्रोतले बतायो ।

मोदी त्रिभुवन विमानस्थलमा करिब सवा १ बजे अवतरण गरेपछि त्यहाँबाट सीधै होटल हायातमा जानेछन् । एयरपोर्ट –गौशाला –चाबहिल हुँदै चुच्चेपाटीस्थित होटल हायातमा पुग्दा सडक पनि खाली गराइने छ ।

विमानस्थलबाट चुच्चेपाटी, चुच्चेपाटीबाट सम्मान ग्रहण गर्ने स्थान टुँडिखेल, टुँडिखेलबाट उपराष्ट्रपति कार्यालय बहादुर भवन, बहादुर भवनबाट शीतल निवास र शीतल निवासबाट बत्तीसपुतली लगायतका क्षेत्रमा पनि सुरक्षा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij