काठमाडौं । प्रहरीले केरुङ नाकाबाट अवैधरुपमा काठमाडौं ल्याउदै गरेको १५ किलो सुन बरामद गरेको छ । बालाजु प्रहरी वृत्तले १५ किलो सुनसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
ना १ ज ४९६४ सुमोको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा सुन बरामद भएको प्रहरीले जनाएको छ गाडी चालक भक्तपुर सुर्यबिनायक ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेल पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त काठमाडौंका एसपी प्रद्युम्न कार्कीका अनुसार, यसबारे छानबिन भइरहेको छ ।
यूएईबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बरामद भएको दुई साता नबित्दै प्रहरीले फेरि ठूलो परिमाणमा सुन बरामद गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij