२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

श्रीमतीको हत्या गरी दाहसंस्कार गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गरी दाहसंस्कार गर्ने श्रीमान् पक्राउ

बैतडी । श्रीमतीको हत्या गरी दाहसंस्कार गरेको आरोपमा बैतडीको भौनेली-५ का २५ वर्षका देवन्द्रबहादुर कुवरलाई प्रहरीले पक्राउ गरेको छ ।
गएको पुस २४ गते राति २४ वर्षकी श्रीमती देवकी कुवरको हत्या गरेर दाहसंस्कार गरेको भन्दै उनलाई पक्राउ गरेको हो । आरोपीलाई प्रहरीले २७ गते राति घरबाटै पक्राउ गरेको हो । माइती पक्षलाई जानकारी नगराई दाहसंस्कार गरेपछि माइती पक्षले प्रहरीलाई पुस २७ गते बेलुका खबर गरेका थिए ।
माइती पक्षको खबरका आधारमा कुवरलाई नियन्त्रणमा लिइएको र शुक्रबार मृतकका बुवा पदमसिंह कुवरले जाहेरी दिएकाले थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए ।
पक्राउ परेका कुवरलाई म्याद थपका लागि आइतबार अदालतमा पेश गरिने उनले बताए । देवकी कुवरकी सहोदर बहिनी भागरथी कुवरले दीदीको हत्याको बिषयमा माइती पक्षलाई जानकारी गराउनु भएको हो । भागरथी देवेन्द्र कुवरका दाइ जयबहादुर कुवरकी श्रीमती हुन् । भागरथीको मोबाइलसमेत थुतेकाले दीदीको दाहसंस्कार पछि मात्रै आफूले माइतीलाई जानकारी गराएके उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij