२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

यु ट्युबमा राखेको १२ घण्टा नबित्दै झण्डै साढे ६ लाखले हेरे छक्का पन्जा

यु ट्युबमा राखेको १२ घण्टा नबित्दै झण्डै साढे ६ लाखले हेरे छक्का पन्जा

काठमाडौं । व्यावसायिकरुपमा अत्याधिक सफल नेपाली चलचित्र छक्का पन्जा यु ट्युबमा राखेको १२ घण्टा पूरा नहुँदै साढे ६ लाखले हेरेका छन् । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जालाई हाइलाइट्स नेपालले यु ट्युवमा राखेको हो । नेपाली समयअनुसार शुक्रबार राति सवा ८ बजे यो समाचार तयार पार्दासम्म ६ लाख ३६ हजार सात सय ६९ जनाले हेरिसकेका छन् ।

छक्का पन्जा चलचित्र अहिलेसम्म सबैभन्दा बढी पैसा कमाएको चलचित्र पनि मानिएको छ । यो चलचित्रले १६ करोड रुपैयाँ आम्दानी गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij