
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा गोली चलेको छ । गोली चल्दा तीन जना घाइते भएका छन् । एक महिला बन्दुकधारीले गोली चलाएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गोली चलाएपछि उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् ।
सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्दछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij