
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ७७ वटै जिल्लामा परीक्षा सुरु भएको हो। योपटक झण्डै पाँच लाख विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
बिहीबारदेखि सुरु भएको परीक्षाको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका छन्। मन्त्री पोखरेलले पुरानो बानेश्वरस्थित रत्नराज्य मावि परीक्षा केन्द्रमा पुगेर परीक्षा अनुगमन गरेका हुन्।

एसईईका लागि एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। केन्द्र अनुसार नै केन्द्राध्यक्ष र दुई हजार ४५० सहायक केन्द्राध्यक्ष तोकिएका छन्।
तस्बिर: रासस

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij