२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिने

याङ्गुन । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएका हुन् ।

बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

म्यानमारको राष्ट्रपति कार्यालयका निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्ने जनाइएको छ ।

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । उनले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ ।
-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij