काठमाडौं । लक्ष्मी बैंक (Laxmi Bank Ltd) ले ३८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकको पुस २७ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त हकप्रद दिने प्रस्ताव गरेको हो । बैंकले हाल कायम पूँजी अनुसार उक्त हकप्रद दिन लागेको हो ।
प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने लागेको लक्ष्मी बैंकले प्रोफेशनलाई एक्वाएर गरेपछि र त्यपछि बिक्री गर्न लागेको शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८ दशमलव २९ प्रतिशत हुने स्पष्ट पारेको छ ।
बैंकले प्रस्ताव गरेको बोनस राष्ट्र बैंकको स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुने बैंकले जनाएको छ ।

बैंकको विशेष साधारणसभाले प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने र एक्वायर पश्चात कायम पुँजीको १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ, भने प्रोफेसनल दियालो विकास बैंकको २४ करोड चुक्ता पूँजी रहेको छ । एक्वायर पश्चात चुक्तापूँजी ३ अर्ब २७ करोड पुग्नेछ र त्यसपछि कायम पूँजीबाट शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पूँजी ६ अर्ब ३० करोड रुपैयाँ नाघ्नेछ ।
त्यसपछि कायम पूँजीमा १८.२९ प्रतिशत बोनस वितरण गर्दा बैंकको पूँजी ७ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij