काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिलाहरु विधिपूर्वक स्वस्थानी व्रत बस्ने गर्छन्।
यस अवसरमा आजैदेखि एक महिनासम्म देशभरका नदी, पोखरी तथा पवित्र कुण्डमा बिहानै स्नान गर्ने महिलाहरुको भिड लागेको छ। उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा पनि माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ। माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत लिएको कथा स्वस्थानीमा वर्णन गरिएको छ।



© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij