२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कांग्रेसबाट राष्ट्रपतिमा लक्ष्मी राईको उम्मेदवारी दर्ता

कांग्रेसबाट राष्ट्रपतिमा लक्ष्मी राईको उम्मेदवारी दर्ता


काठमाडौं । नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले केहीबेरअघि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गर्नु भएको हो । पूर्व सांसद समेत रहनु भएकी राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुनुहुन्छ ।

राईको प्रस्तावकमा चित्रलेखा यादव, मानवहादुर विश्वकर्मा, पार्वत डिसि चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे रहेका छन् । यस्तै समर्थकमा सरिता प्रसाई, सूजता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी र राधा घले रहेका छन् ।

वाम गठबन्धनबाट विद्यादेवी भण्डारीलाई अघि सारेपछि कांग्रेसले राईलाई राष्ट्रपति उम्मेदवारमा उठाएको हो ।उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij