२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा


काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी काठमाडौं आइपुगेका छन् ।

अब्बासी विशेष विमानबाट ३२ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै काठमाडौं आएका हुन् ।

अब्बासीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ तथा योजनामन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका छन् ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै भ्रमणका क्रममा शिक्षा, पर्यटन, व्यापार, सुरक्षा लगायतका विषयमा छलफल हुने जनाएको छ ।

अब्बासीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज रात्री भोजको आयोजना गरेका छन् ।

अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्नेछन् ।

अब्बासीलाई केही बेरमै सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अर्नर’ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij