२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आर्सनलमाथी म्यानचेस्टर सिटीको जित, सिटीलाई १६ अंकको अग्रता

आर्सनलमाथी म्यानचेस्टर सिटीको जित, सिटीलाई १६ अंकको अग्रता


एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । बिहिबार राति भएको लिग खेलमा सिटीले आर्सनललाई ३ – ० ले हराएको हो ।

यसै साता सिजनको पहिलो उपाधि काराबाओ कप जितेको सिटीले आर्सनललाई उसैको मैदानमा हराएको हो । सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लोरी सानेले समान एक एक गोल गरे । काराबाओ कपको फाइनलमा सिटीले आर्सनललाई नै ३ – ० ले हराएको थियो ।

इमिरेट्स स्टेडियममा खेलको १५ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई २ – ० को अग्रता दिलाए । ३३ औं मिनेटमा सानेले गोल गरेपछि पहिलो हाफमा सिटीले ३ – ० को अग्रता बनायो ।

पहिलो हाफमा ३ – ० ले पछि परेको आर्सनलले दोस्रो हाफमा गोल गर्ने केहि अवसर खेर फालेको थियो । जसको कारण आर्सनल सिटीसँग पराजित हुन् पुग्यो । खेलको ५३ औं मिनेटमा आर्सनलका पियर एम्रिक अबामेयाङले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि दुवै टोलीले थप गोल सकेनन् र खेल सिटीले ३ – ० ले आफ्नो बनायो ।

यो जितसँगै सिटीले २८ खेलबाट ७५ अंक जोडेको छ । सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकले अग्रता बनाएको छ । युनाइटेडको २८ खेलबाट ५९ अंक रहेको छ । पराजित आर्सनल ४५ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij