
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । आज चार सदस्य थपेर उनले मन्त्रिमण्डको आकार बढाएका हुन् ।
आज थपिएका मन्त्रीहरुमा एमालेका महासचिव ईश्वर पोखरेलले रक्षामन्त्री, डा. युवराज खतिवडाले अर्थमन्त्री, रामबहादुर थापाले गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका छन् ।
राष्ट्रपति विद्या भण्डारीले चारै मन्त्रीहरुलाई सपथ खुवाउनुभएको छ ।
आज सपथ लिएका मन्त्रीहरु दुईजना एमाले र दुई माओवादी केन्द्रका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij