२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रेशम चौधरीद्वारा अदालतसामु आत्मसमर्पण

रेशम चौधरीद्वारा अदालतसामु आत्मसमर्पण


धनगढी । टीकापुर घटनाका मुख्य फरार अभियुक्त रेशम चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् । उनी फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिए । उनले चुनाव जितेको प्रमाणपत्र पाएका भने पाउन सकेका छैनन् ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक, एसएसपी लक्ष्मण न्यौपानसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए । यद्यपी, चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij