२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको लागि फेरि ३ वर्ष समय माग

नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको लागि फेरि ३ वर्ष समय माग


चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तारको काम निर्धारित समयमा नसकिएपछि ठेकेदार कम्पनीले थप ३ वर्ष समय माग गरेको छ ।

पटक पटक समय थप गर्दै आएको सडक निर्माण कम्पनीले अहिलेसम्म ७५ प्रतिशत मात्र काम सम्पन्न भएकोले थप ३ वर्ष थप समय माग गरेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

नारायणगढ मुग्लिन सडक खण्डको ३ सय मिटर पहाड काट्नुपर्नेमध्ये १ सय २० मिटर मात्र काटिएको छ भने १८० मिटर पहाड काट्न बाँकी छ । ३३ दशमलव २ किलोमिटर रहेको यो सडकखण्डमा ५५ प्रतिशत भागमा कालोपत्र गरिएको छ ।

यो परियोजनाका लागि बिएलए–श्रेष्ठ जेभी, उडहिल–लामा जेभी र सुप्रिम–रौताहा जेभीले ठेक्का लिएको छ । देशकै लाईफ लाइनका रुपमा रहेको नारायणगढ मुग्लिन सडक खण्ड विस्तार कार्य सम्पन्न गर्न ३० मे २०१८ सम्मको समय थप गर्न माग गरिएको जानकारी इन्जिनियर खनालले बताउनुभयो ।

फागुन ८ गतेदेखि तोकिएको सयम सकिएपछि समय माग गरिएको तर विभागबाट अहिलेसम्म कुनै निर्णय नभएको उहाँले बताउनुभयो । अहिलेसम्म तीनवटा खण्डमा गरेर १८ किलोमिटर सडक कालोपत्र भएको छ ।

उक्त सडकखण्ड समयमा निर्माण कार्य सम्पन्न नहुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परिरहेको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम शुरु गरिएको हो । यस सडक खण्डबाट दैनिक ८ हजार भन्दा बढी गाडी गुड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij