२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्री ओलीको बर्थडे केकमा सूर्य र फुटबल !

प्रधानमन्त्री ओलीको बर्थडे केकमा सूर्य र फुटबल !


काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार ६६ औं जन्मदिन परेको छ । बिहानैदेखि विभिन्न कार्यक्रमसहित ओलीको जन्मदिन मनाइँदै छ ।

भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको जन्मदिनलाई एमालेले विशेष रुपमा लिएको छ । शुक्रबार बिहान बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा एमाले नेताहरुले केक काटेर जन्मदिन मनाएका छन् । एमाले स्थायी समितिको बैठक सुरु हुनुभन्दा अघि सूर्य चिन्ह अंकित केक काटिएको थियो ।

त्यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा पनि प्रधानमन्त्री ओलीको जन्मदिन विशेष रुपले मनाइएको छ । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठसहितको टोलीले फुटबलको चिन्ह रहेको बर्थडे केक लगेका थिए । अध्यक्ष श्रेष्ठले आफूहरुले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामनासहित देशलाई समृद्धिको बाटोतिर लैजान सुझाव दिएको बताउनुभयो ।

प्रधानमन्त्रीको जन्मदिनको अवसरमा भारतीय तथा चिनियाँ राजदूत बालुवाटार पुगेर शुभकामना दिनुभएको थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन चाहने कार्यकर्तालाई भने चार बजेपछि बालुवाटार बोलाइएको छ ।

ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो । उहाँको बुवाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु ओली हो ।

तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij