रौतहट । आफ्नै पतिको हत्या गरेको अभियोगमा पत्नीसहित अर्का एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
करुनिया गाविस–२ का ३२ वर्षीय अभिनन्दन साहको हत्यामाथि प्रहरीले अनुसन्धान गर्दा मृतककी पत्नी शकुन्तला देवी र सोही गाउँका पप्पु भन्ने मनिषकुमार सुमनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत २२ पुसमा मृतक साहको शव सोही गाविस–६ स्थित कमदेही खोलासँग जोडिएको सिसौको घारीमा रहेकोे कुलोमा भेटिएको थियो । मृतक साह विदेशमा रहँदा बस्दा पत्नी शकुन्तलाको प्रेम सुमनसँग भएको र उनीहरुको सम्वन्धमा वाधा पर्ने भएकाले साहको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृतकले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएका रड र चक्कुसमेत अभियुक्त मनिषकुमार सुमनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij