काठमाडौं । इंग्लिश लिग कप फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले हल सिटीलाई २–० ले पराजित गरेको छ ।
सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे ।
दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ ।
लिग कप फुटबलको दोस्रो सेमिफाईनल खेलमा आज राति साउथह्यम्पटन र लिभरपुल भिड्नेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij