
काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस आइतबार दिउँसो त्रिवेणी गाउँपालिका ६ मा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको हो। घाईतेको सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको छ।
मृतकको सनाखत हुन नसकेको र बसमा कति यात्रु थिए भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij