२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

शपथ ग्रहणमै आएनन् दीपक मनाङे, पक्राउ गर्न गएको प्रहरी टोली फर्कियो

शपथ ग्रहणमै आएनन् दीपक मनाङे, पक्राउ गर्न गएको प्रहरी टोली फर्कियो


काठमाडौं । प्रदेश नम्बर ४ अन्तर्गत मनाङबाट निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे शपथ ग्रहण समारोहमै उपस्थित भएनन् ।

फौजदारी मुद्दामा दोषी ठहर भएका कारण प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन आए पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो ।

“हामीलाई मनाङेलाई पक्राउ गर्नू भन्ने आदेश थियो,” कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले भने, “तर मनाङे आज शपथ लिनै आएनन् । निर्देशन अनुसार नै हामीले मनाङेलाई पक्राउ गर्न प्रहरी टोली पनि खटाएका थियौं ।”

प्रहरीको खोजी सूचीमा रहेका मनाङ मनाङबाट स्वतन्त्र निर्वाचित भएका हुन् । उनले स्वतन्त्र उमेदवारी दिएपछि एमालेले उमेदवारी फिर्ता लिएर उनलाई सहयोग गरेको थियो ।

उनी निर्वाचित भएपछि फौजदारी मुद्दामा दोषी ठहर भएको सार्वजनिक भएको थियो । मनाङे अघिल्लो सातादेखि नै भूमिगत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij