२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जापानमा भएको सडक दुर्घटनमा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनमा एक नेपालीको मृत्यु


जापान । जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–६ का ३० वर्षिय किरण सापकोटा रहेका छन् । उनीसगैं रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।

घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो। २ वर्ष अघि रोजगारीका लागि जापान आएका सापकोटा कुक भिसामा थिए। उनी खानाजावा सहरको एक नेपाली रेष्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए। अर्का उनका नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ। दुईजनालाई कारले ठक्कर दिएको थियो।

टोकियोबाट दक्षिण–पश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी सहरस्थित राइमारु नगरको चुस्यो सडकमा तिब्र गतिमा गुडेको नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो।

दुईजनाले एउटा साईकल प्रयोग गर्न नपाइने जापानको नियम अनुसार सापकोटा उनका साथी साईकल डोऱ्याएर कामबाट कोमाचु घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावा प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटालाई मृत्यु भएको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij