२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जनकपुरलाई अस्थाई केन्द्र तोकिएको विरोधमा वीरगञ्ज बन्द, जनजीवन प्रभावित

जनकपुरलाई अस्थाई केन्द्र तोकिएको विरोधमा वीरगञ्ज बन्द, जनजीवन प्रभावित


वीरगञ्ज । प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग राख्दै भएको बन्द र प्रदर्शनले वीरगञ्जको जनजीवन ठप्प भएको छ ।

सरकारले हिजो ३ माघमा सातवटै प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख तोकेको थियो ।

वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनका लागि गठित संघर्ष समितिको आह्वानमा यसअघि पनि चरणबद्ध आन्दोनलका कार्यक्रमहरु भइरहेका थिए ।

संघर्ष समितिले एम्बुलेन्स, दमकल तथा अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण यातायात, पसल, बजार सबै ठप्प पारिएको जनाएको छ ।

वीरगञ्जका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ । मोटरसाईकल र रिक्सा भने चलिरहेका छन् ।

प्रदर्शनकारीले सरकार, फोरम नेता उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतोको विरोधमा समेत नाराबाजी गरेका छन ।

संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले जनकपुरलाई नभई वीरगञ्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर घण्टाघरमा रिले अनशन चलिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij