
महोत्तरी । पुसको अन्तिम सातासम्म पनि मौसममा सुधार नआएपछि जिल्ला शिक्षा कार्यालयले जिल्लाको सामुदायिक विद्यालयमा दिएको बिदा बढाएको छ ।
जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जाडो विदा सिमित समयको लागि भए पनि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि विदा थप गरिएको जानकारी दिनुभयो । एक साताको लागि जाडो बिदा दिइने प्रावधान भएतापनि थप गरिएको विदा बर्षे विदाबाट कट्टा गरिने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
महोत्तरीमा ३ सय १५ वटा सामुदायिक विद्यालय रहेको छ भने निजी ९१ वटा विद्यालय रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij