२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

गणेश हिमाल पर्यटन विकास समितिले गर्यो सञ्चारकर्मी तथा पर्यटन व्यवसायीलाई सम्मान

गणेश हिमाल पर्यटन विकास समितिले गर्यो सञ्चारकर्मी तथा पर्यटन व्यवसायीलाई सम्मान

गत शुक्रबार गणेश हिमाल पर्यटन विकास समितिले पत्रकारिताको माध्यमबाट पर्यटनको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका सञ्चारकर्मी तथा पर्यटन व्यवसायीहरुलाई सम्मान गरेको छ । सम्मानित हुने सञ्चारकर्मीहरुमा राष्ट्रिय आर्थिक मासिकका प्रकाशक पुष्कर बस्नेत, टुरिजम एक्सप्रेस मिडिया गु्रपका अध्यक्ष अनिल नेपाली, अन्नपुर्ण पाेष्टका राजु बास्काेटा, पयर्टन पत्रकार शिव अधिकारी, जर्नालिष्ट एसाेसिएसन अफ नेपालका देवी पन्त, दिव्य दर्शन टेलिभिजन (धादिङ) दीपक काेइराला, बुलेटिन डट कमका याेगेन्द्र तामाङ, एबिसी टेलिभिजनबाट लाला गुरूङ, इमेज टिभीका प्रतीक लामिछाने, इमेजकै पर्यटन वहस कार्यक्रमका सङ्कर खनाल, एबिसीकी शारदा थापा, नेपाल टेलिभिजनका विविध थापा, पर्यटन अभियानका प्रधान सम्पादक तथा रूवी भ्यालीका मिडिया एम्बेस्डर शिव श्रेष्ठ लगायतका पत्रकारहरु छन् ।

साथै निकै लामो समय देखि धादिङको पर्यटन व्यवसायमा सक्रिय रही पर्यटनको विकासको निम्ति महत्वपुर्ण भूमीका निर्वाह गर्दै आएका पर्यटन व्यवसायीहरु मध्ये सम्मान पाउनेमा  टान अध्यक्ष चन्द्र रिजाल, टानका पूर्व अध्यक्ष रमेश धमला, नाट्टाका पूर्व कार्यकारी प्रमुख गंगा सागर पन्त, नेपाल पर्वताराेहण संघका  महासिचव ठाकुरराज पाण्डे, नेपाल योग एसोसिएसनका महासचिव राजन सिंखडा, पर्यटन  व्यवसायी राम प्रसाद सापकाेटा (कमल), हिमालयन इकाेलाेजिकल टे्रक्सका रूपचन्द्र गुरूङ, पर्यटन अभियन्ताहरू हरि धरेल तथा हरि रिमाल, टानका पूर्व अध्यक्ष ज्याेति अधिकारी, पर्यटनका अभियानमा सक्रिय  पम्फा धमला, अाशा गुरूङ, नवराज दाहाल, रामेश्वर सापकाेटा, राजेन्द्र सापकाेटा लगायत पनि सम्मानित भएका छन् ।

कार्यक्रममा मञ्तव्य राख्ने क्रममा टानका अध्यक्ष चन्द्र रिजालले टे्रेकिङ व्यवसायीहरुले विगत लामो समय देखि उठाउँदै आएको एक पर्यटक एक टे«किङ गाइड प्रणाली लागु हुनुपर्ने कुरामा जोड दिए । पर्यटनको क्षेत्रमा नयाँ रुटहरुको समेत पहिचान भइरहेको बताउँदै उनले रुवी भ्याली पर्यटनको नयाँ रुटको रुपमा आउने क्रममा रहेको र यसको निम्ति व्यवसायीहरु विगत लामो समय देखि सक्रिय रहेकोमा ऊहाँहरुलाई अन्य पर्यटन व्यवसायी तथा सञ्चार माध्यमहरुले सहयोगी भूमीका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । सकारात्मक काममा सबै लाग्नुपर्ने कुरामा उनको जोड थियो ।

कार्यक्रमको अवसरमा गणेश हिमाल स्मारिका पनि विमोचन गरिएको छ । ५ औं बार्षिक साधारण सभाको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष तेज बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष रणकेश गुरुङ, महासचिव राजेन्द्र प्रसाद सुवेदी तथा कोषाध्यक्षमा चन्द्र बहादुर गुरुङ लगायत रहेको सेतोघर डट कमलाई राजेन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij