२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्यालेस्टाइनमा आर्थिक सहयोग रोक्ने अमेरिकाको चेतावनी

प्यालेस्टाइनमा आर्थिक सहयोग रोक्ने अमेरिकाको चेतावनी


काठमाडौं । अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएको छ । प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अगाडि नबढाए आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका हुन् ।

अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई तोकिदिएपछि प्यालेस्टाइन नेताहरुले अमेरिका तटस्थ बस्न नसकेको भन्दै आलोचना गरेका थिए । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पको पछिल्लो चेतावनी सार्वजनिक भएको हो ।

सन् २०१७ मा राष्ट्रपतिमा आसिन भएका ट्रम्प गत डिसेम्बर महिनामा जेरुसेलमलाई इजरायलको राजधानी बनाउने निर्णयमा पुगेका थिए । उनको निर्णयको संयुक्त राष्ट्रसंघमा समेत चर्को आलोचना भएको थियो । १२८ सदस्य देशहरुले ट्रम्पको यस निर्णयविरुद्ध भोट हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij