२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

चुनावमा भएको खर्च विवरण पेश गर्न उम्मेदवारलाई आयोगको आग्रह

चुनावमा भएको खर्च विवरण पेश गर्न उम्मेदवारलाई आयोगको आग्रह


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवारलाई चुनावका बेलामा गरेको खर्च विवरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले सूचना निकालेर मंसिर १० र २१ गते भएको चुनावको मतपरिणाम आइसकेकाले चुनावको बेला गरिएको खर्च विवरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा चुनावको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले परिणाम घोषणा भएको ३५ दिनभित्र पेश गर्नुपर्ने भए पनि त्यसो नभएकाले सूचना निकालेको हो ।

सम्बन्धित जिल्लाका निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेश गर्र्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij