२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

संविधान संशोधन प्रस्ताव पेस भएसँगै सांसद खरिद बिक्रीको खतरा !

संविधान संशोधन प्रस्ताव पेस भएसँगै सांसद खरिद बिक्रीको खतरा !

काठमाडौं । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणीय खेल सुरु भएको छ ।

सत्तारुढ दलसँग ३ सय ९३ सांसद छन् । यद्यपि, सत्तारुढ भएर पनि विधेयकप्रति राप्रपाले असन्तुष्टी जनाइरहेको छ । प्रतिपक्षी दलहरुसँग २ सय १ जना सांसद छन् ।

विधेयक पारित गराउन हाल कायम ५ सय ९४ सांसदमध्ये दुईतिहाइ पुर्‍याउन ३ सय ९८ मत आवश्यक पर्छ । यो स्थितिमा सरकारलाई विधेयक पारित गराउन ५ मत अपुग हुन्छ । यस्तो अवस्था सांसदहरुको खरिदबिक्री हुने खतरा धेरै हुन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

विधेयक पारित गराउन सत्तारुढ दल राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको मत निर्णायक हुन्छ । तर दुबै दलले संविधान संशोधन विधेयक परिमार्जन हुनु पर्ने बताइरहेका छन् ।

संसदमा राप्रपाको ३७ र फोरम लोकतान्त्रिकका १४ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij