२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

दक्षिण अफ्रिका १२० रनले विजयी

दक्षिण अफ्रिका १२० रनले विजयी


एजेन्सी । जिम्बाबेविरुद्धको एक मात्र टेष्ट क्रिकेटमा दक्षिण अफ्रीकाले एक इनिङस र १२० रनको जित निकालेको छ । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध खराब प्रदर्शन गरेपछि जिम्बाबेले एक मात्र टेष्ट दोस्रो दिन नै एक इनिङस् र १२० रनले गुमाएको हो ।

पोर्ट एलिजावेथमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ३०९ रन बनाएर इनिङस् समाप्तिको घोषणा गरेको थियो । त्यसपछि पहिलो इनिङस थालेको जिम्बाबे ६८ रनमा अलआउट हुँदै फलोअनमा परेको थियो । पहिलो इनिङसमा जिम्बाबेका केली जार्भिसले २३ तथा रायन ब्रुलले १६ रन जोडे । पहिलो इनिङसमा दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले ५ विकेट लिए ।

दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङसमा २४१ रनले पछि पर्दै फलोअनमा परेको जिम्बाबेले दोस्रो इनिङसमा पनि १२१ रन जोड्दा अलआउट भएको थियो । दोस्रो इनिङसमा जिम्बाबेका क्रेग इर्भाइन २३ तथा ग्रीम क्रेमरले अविजित १८ रन बनाए । दक्षिण अफ्रिकाको केशब महाराजले ५ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij