२०८३ मंसिर ९ मंगलबार

Nov 24 2026 Tuesday

  • २०८३ मंसिर ९ मंगलबार

२०८३ मंसिर ९ मंगलबार

माघ १४ देखि मनहरी महाेत्सव अायाेजना हुने

माघ १४ देखि मनहरी महाेत्सव अायाेजना हुने

मकवानपुर उद्योग वाणिज्य संघ (पश्चिम क्षेत्र समिति, मनहरी)को आयोजनामा यही माघ १४ देखि २४ गते सम्म तेस्रो मनहरी महोत्सव आयोजना हुने भएको छ । ‘कृषि, पर्यटन र व्यापार ः ग्रामीण विकासको पुर्वाधार’ भन्ने नाराको साथ शुरु हुन लागेको उक्त मेलामा जिल्ला विकास समिति मकवानपुर, मनहरी गाविस, कृषि विकास कार्यालय मकवानपुर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन वोर्ड लगायतका संस्थाहरुको सहकार्य रहने जनाइएको छ ।
खासगरी चेपाङ बस्तीमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहयोग गर्ने मुख्य उद्धेश्यले हेटौंडाबाट ३० किलोमिटर पश्चिममा पर्ने मनहरीमा मेला आयोजना गर्न लागिएको मकवानपुर उद्योग वाणिज्य संघ (पश्चिम क्षेत्र समिति, मनहरी)का सभापति गोविन्द रिजालले सेतोघर डट कम सँगको कुराकानीमा बताएका छन् ।
हाल मकवानपुरको चेपाङ बस्तिमा डोको, नाम्लो, कुचो, मान्द्रो लगायतका सामानहरु उत्पादन हुँदै आएका छन् । यसको अलावा गिठा, तरुल, वनतरुल लगायतका खाद्य नगदेवालीको पनि उत्पादन हुने गरेको छ ।
दोस्रो पटकको रुपमा आयोजना हुन लागेको उक्त मेला अघिल्लो बर्ष १० दिन चलेकोमा मेलामा ८० हजारको हाराहारीमा आगन्तुकहरु पुगेपनि खासै व्यावसायिक हिसाबले लाभ लिन नसकिएकोमा यस बर्षको मेलाको क्रममा टिकट शुल्क, हात्ती सफारी, साँस्कृतिक महोत्सव लगायतबाट संकलन भएको रकम मकवानपुर उद्योग वाणिज्य संघ (पश्चिम क्षेत्र समिति, मनहरी) को भवन निर्माणको निम्ति प्रयोग गर्ने योजना रहेको रिजालले बताए ।
मेलामा नृत्य प्रदर्शन, कलाकारहरुको प्रस्तुती, चेपाङ समुदायका उत्पादनहरुको प्रदर्शन, हात्ती सफारी लगायत रहनेछन् । मेलामा नारायणी अञ्चलका आगन्तुकलाई नै विशेष जोड दिइएपनि काठमाडौंबाट समेत आगन्तुकहरु आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij