२०८३ मंसिर ९ मंगलबार

Nov 24 2026 Tuesday

  • २०८३ मंसिर ९ मंगलबार

२०८३ मंसिर ९ मंगलबार

व्यावसायिक खेती फस्टाउँदो क्रममा

व्यावसायिक खेती फस्टाउँदो क्रममा

पछिल्ला केही बर्ष देखि नेपालमा व्यावसायिक खेती गर्ने प्रचलन बढेको छ । यसरी व्यावसायिक खेती गर्नेहरुमा युवा उद्यमीहरु अधिक छन् । अधिकांश युवा उद्यमीहरु सफल भएका पनि छन् । नेपालमा कृषि क्षेत्रमा परम्परागत तवरले गरिंंंदै आइएको खेती प्रणालीबाट रुष्ट भएको कारण आधुनिक तवरले खेतीपाती गर्ने प्रचलन बढेको हो । राज्यले आधुनिक तवरबाट खेती गर्ने व्यवसायीहरुलाई विभिन्न सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । तर कृषिमा आकर्षित हुने वातावरण बन्न नसक्नुमा नेपाल सरकारका केही नीतिगत कमजोरीहरु पनि छन् ।

कृषिको विकासको निम्ति नेपाल सरकारले बजेट वृद्धि गर्दै आएको छ तर कृषिमा गरिएको लगानी कत्तिको प्रभावकारी भयो भन्ने सम्बन्धमा भने नेपाल सरकार मौन छ । यसले गर्दा कृषिमा नेपाल सरकारले गरेको लगानी बालुवामा पानी बन्न पुगेको छ । टुक्रे खेती, सिँचाईको असुुविधा, बिऊमलको अभाव, प्राविधिक ज्ञान नहुनु, रासायनिक मल र कीटनासक औषधीको बढ्दो प्रयोग, समयमा पानी नपर्नु, अतिबृष्टि हुनु, आधुनिक प्रविधिहरुको राम्रो तवरले प्रयोग गर्न नसकिनु, सामुहिक सोचको अभाव लगायतका विभिन्न कारणहरुले गर्दा अहिले नेपालमा कृषि क्षेत्र अघी बढ्न नसकेको हो । बढ्दो युवा पलायन कृषिको निम्ति अभिशाप नै बनेको छ ।

यसरी नै नेपालमा व्यावसायिक कृषिमा लागपर्ने एक कृषक तारा प्राद मैनाली सँगकाे अनुभप समेट्ने गरी नेपालमा कोरियन अङ्गुर खेती नेपालमा शुरुवात गरेका िथयाँै

।
तारा प्रसाद मैनाली
प्रबन्ध निर्देशक
ग्रेस फार्म प्रा.ल
तारा प्रसाद मैनाली हाल नेपालमा कृषिमा व्यावसायिकरण गर्नुपर्छ भन्ने मान्यता बोकेका युवा उद्यमी हुन् । यसै मान्यताले हाल उनले काठमाडौंको दहचोक स्थित अङ्गुरको व्यावसायिक खेती शुरु गरेका छन् । ग्रेस फार्म प्रा.लि.को नाममा सञ्चालन गरेको उक्त फार्म कोरियन मित्र मिष्टर किमसँगको सहकार्यमा सञ्चालित व्यवसाय । कोरियन जातको उक्त अङ्गुर खेतीको प्रक्रिया १५ महिना पहिले देखि नै अघी बढाएका मैनाली आफूले खेती गरेको अङ्गुर नेपालका तारे सहितका स्तरीय होटल तथा ठूला व्यावसायिक घरानाका व्यक्तिको पहुँचमा पु¥याउन सकिने बताउँछन् । हाल यो जातको अङ्गुर थानकोट स्थित पात्लेवन रिसोर्ट नजिकै पनि खेती भइरहेको बताइन्छ । नेपालको निम्ति नयाँ टेक्नोलोजीको रुपमा मैनालीले भित्र्याउनुभएको यो प्रजातिको अङ्गुर शुरुवातको पहिलो चरणमा दुई भिन्दा भिन्दै गुणस्तरणमा गरी १ सय २० बोट (डाँठ) ल्याउनुभएको थियो । हाल ३ रोपनी क्षेत्रफलमा रोपण गरिएको यो अङ्गुरको उत्पादनको निम्ति नियमित रुपमा ४ जना कर्मचारीहरु खटाइएको छ । करिब ५ बर्षको अन्तरालमा ५० रोपनी क्षेत्रफल सम्ममा अङ्गुर खेतीलाई विस्तार गर्ने योजना बुनेका युवा उद्यमी मैनाली अन्य विभिन्न क्षेत्रमा समेत संलग्न रही काम गर्दै आएकाछन् । रोपण पश्चात् शुरुवातको चरणमा पहिलो बर्ष नै करिब ४ सय किलो अङ्गुर उत्पादन बजारमा गइसकेको छ । जसबाट करिब २ लाख बराबरको अङ्गुर गनै उत्पादन सफल मैनाली आगामी बर्ष उत्पादन वृद्धि हुनेमा विश्वस्त छन् । अहिले नेपालमा भारतबाट आउने सामान्य अङ्गुरको तुलनामा यस यो अङ्गुर केही महँगो छ । यस अङ्गुरको बजार मूल्य करिब ८÷९ सय रुपियाँ छ । अहिले नेपालमा यसको उत्पादन कम छ ।
अङ्गुर एकपटक रोपिसके पश्चात् २५÷३० बर्ष सम्म उत्पादन दिन सक्ने बहुबर्षिय विरुवा हो । ग्रेस फार्म प्रा.लि.मा हाल करिब १० लाख लगानी भएकोमा ३÷४ बर्षमा लागत खर्च कटाएर मुनाफा लिन सकिने अनुमान गरिएको छ । अर्गानिक रुपमा खेती गर्ने प्रयत्न गरिएको यस अङ्गुरको उत्पादनको निम्ति गाईभैंसी र कुखुराको मलको प्रयोग गरिएको छ । माटो परिक्षण गरेर यसलाई प्राङ्गारिक प्रमाणित गर्नको निम्ति पनि पहल भएको छ भने छिमेकी कृषकहरुलाई पनि प्राङ्गारिक तवरले नै खेती गर्नको निम्ति पहल गरेको मैनाली बताउँछन् ।
विगत लामो समय देखि पुस्तक प्रकाशन तथा वितरणको क्षेत्रमा काम गर्दै आएका मैनाली सामदाम प्रकाशन गृह सञ्चालन गर्दै आएका छन् । कुपण्डोल स्थित ट्वीन्स क्याफे समेत सञ्चालन गर्दै आएका मैनाली विभिन्न सामाजिक क्रियाकलापहरुमा पनि संलग्न छन् । वि.सं २०३४ मा काभ्रेको चापाखोरी गाविसमा जन्मिएका मैनाली २२ बर्ष देखि प्रकाशन क्षेत्रमा संलग्न रहँदै आएका हुन् । कलंकी स्थित सङ्गित क्षेत्रमा काम गर्दै आएको स्मार्ट इन्ष्टिच्युटमा समेत संलग्न मैनाली भोकल, किबोर्ड र गितारका प्रशिक्षक पनि हुन् । राजनीतिशास्त्रमा स्नातक सम्मको अध्ययन गरेका उनी नेपालमा नै प्रयाप्त अवसर छन्, ती अवसरहरु हामीले पहिल्याउन मात्र सक्नुपर्छ भन्ने सन्देश आफूले गरेका कामहरुबाट नै प्रवाह गरिरहेका छन् ।

फस्टाउन सक्ने वातावरण ः
अलि बढी गर्मी देखि अलि कम तापक्रम भएको क्षेत्रमा समेत उत्पादन हुने यो अङ्गुर नेपालको हावापानीमा फस्टाउन सक्ने मानिन्छ । मैनाली भन्नुहुन्छ, ‘समय समयमा रेखदेख गर्ने हो भने यसको उत्पादनबाट राम्रो प्रतिफल लिन सकिने अनुमान गर्न सकिन्छ । तर नेपालमा अहिले यो अङ्गुर नयाँ उत्पादन भएको हुनाले आवश्यक जनशक्ति छैन । तर नेपालमा नै जनशक्तिको क्षमता विकास गर्न सकिनेमा हामी आशावादी छौं ।’
अङ्गुरको गुणस्तर ः
अंगुरको गुणस्तर वृद्धि गर्नको निम्ति यसको झुप्पामा अधिकतम कति ओटा दाना सम्म हुर्काउने भन्ने कुरा पनि महत्वपुर्ण हुन्छ । थोरै दाना भएमा राम्रो गुणस्तरमा उत्पादन हुन सक्छन् भन्ने मान्यताले एउटा झुप्पामा ५० दाना भएको खण्डमा २५÷३० दाना मात्र राख्ने हो भने बाँकी दाना उच्च गुणस्तरयुक्त हुन सक्छन् । अन्य विविध पक्षहरु नेपालको सन्दर्भमा अनुसन्धान नै हुने क्रममा छन् ।
बोधिचित्तको समेत खेती गर्दै आएका मैनाली काभ्रेमा हाल २ बोटबाट प्रतिबर्ष ५÷६ लाख रुपियाँ प्रतिफल आइरहेको बताउँछन् । बोधिचित्तको बजार चीनलाई मानिन्छ । नेपालमा बोधिचित्तको निम्ति सुरक्षा तथा प्राविधिक पक्षको बारेमा समेत स्थानीय मानिसहरुले व्यवस्थापन गर्न नसकेको कारण पहिले नै विक्रेतालाई जिम्मा दिने गरिएको हो । यद्यपि व्यापक मात्रामा बोधिचित्तको खेती गर्ने पक्षमा मैनाली पनि रहेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij