२०८३ मंसिर ९ मंगलबार

Nov 24 2026 Tuesday

  • २०८३ मंसिर ९ मंगलबार

२०८३ मंसिर ९ मंगलबार

प्रियंकाको चिन्ता

प्रियंकाको चिन्ता

मुम्बई ।बलिउड सुन्दरी प्रियंका चोपडाले क्वाटिको बाट आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति देखाइसकेकी छिन्। उनी हलिउडमा काम गर्दा एक कुराको चिन्ताले घेरिएकी हुन्थिन् रे।

यो कुराको खुलासा उनी स्वयंले गरेकी हुन्। उनी हलिउडमा क्वाटिको नामक टिभी शोमा काम गरेपछि हलिउडको अर्को पपुलर टक शोमार्फत् पनि देखिइन्। हलिउडका चर्चित म्यागेजिनको कभर पेजमा छाइन्, अवार्ड शोमा रेड कार्पेटमा देखिइन् र ≈वाइट हाउसको करेस्पोन्डेट डिनरमा समेत आमन्त्रित भइन्।

यी सबै भएपछि प्रियंकाले आफ्नो चिन्ताको राज खोलेकी छिन्। उनले भनेकी छिन् कि आफू भारतीय अभिनेतृ भएका कारण उनलाई एउटा ठूलो चिन्ता थियो। ‘त्यो चिन्ता के थियो भने ग्लोबल एन्डस्ट्री एक भारतीय अभिनेतृलाई लिड रोलमा राख्न तयार छ र⁄ भन्ने लाग्थ्यो किनभने यो पहिले कहिल्यै पनि भएको थिएन’, प्रियंकाले भनेकी छिन्– ‘म चिन्तामा थिएँ कि भारतीय अभिनेतृहरू पहिले यसरी आएका छैनन्। मलाई चिन्ता थियो कि ममा यो क्षमता छ कि छैन।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij