काठमाडौं । एक्कासी मौसममा आएको परीवर्तन संगै बढेको चिसोले मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
शनिबार रातिदेखि सुदुरपश्चिमका पहाडि जिल्लाहरु डडेल्धुरा, बैतडी, दार्चुला, बझांग, डोटी, अधाम र बाजुरा लगायतका मध्यपश्चिमका पहाडमा हिमपात भएपछि पश्चिम नेपालको जनजीवन प्रभावित बनेको हो ।
शनिबार विहानै देखी सुरु भएको वर्षाका कारण सिचो बढ्दै गएपछि परेको हिमपातले विभिन्न पहाडी जिल्लाका प्रबेशद्वार डडेल्धुराको भीमदत्तराजमार्गमा आईतबार २ बजेपछि मात्र सवारी साधन संचालन आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
यस वर्ष हिउँद याममा नै वर्षा भएका कारण हिउदेवाली सप्रिने भन्दै किसानहरु भने खुशी भएका छन् ।
यतिबेला परेको पानीले गहुँ जौ लगायतका अन्नबाली तथा लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij