
चितवन । चितवनको तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।
चितवन १ मा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँको ४ हजार ५ सय ४९ मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र वुर्लाकोटीको २ हजार ८ सय ९४ मत रहेको छ ।
क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता रहेको छ । उहाँको २ हजार ९ सय ७६ मत रहेको छ भने नेपाली कांग्रेसका शेषनाथ अधिकारीको १ हजार ३ सय ८३ मत रहेको छ ।
चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्रता कायम रहेको छ । प्रारम्भिक मतपरिणाममा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेसँग पछाडि पर्नुभएका प्रचण्डले अहिले पाण्डेसँगको मतान्तर १ हजार ४ सय ८७ पुर्यानुभएको छ ।
पछिल्लो मत अनुसार प्रचण्डको ३ हजार ७ सय ९५ मत रहेको छ भने पाण्डेको २ हजार ३ सय ८ मत रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij