२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रचण्डले गरे मतदान, भन्छन् ‘नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो’

प्रचण्डले गरे मतदान, भन्छन् ‘नेपाल नयाँ युगमा प्रवेश गरिसक्यो’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका १४ शिवनगरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका उनले उनले बिहान ७ बजे मतदान गरेका हुन्।

यस केन्द्रबाट प्रचण्डले पहिलो मतदाता भई मतदान गरेका हुन्। यसअघि उनले भरतपुरस्थित लंकुमा रहेको लक्ष्मी माविबाट मतदान गर्दै आएका थिए। उनी चितवनमा उम्मेद्वार बनेको पनि पहिलोपटक हो।

मतदानपछि अध्यक्ष प्रचण्डले मतदाताको उत्साहजनक सफलताले संविधान लेख्न प्रेरित गरेको बताएका छन्। संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्ड नेपाल नयाँ युगमा प्रवेश गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij