
काठमाडौ । काठमाडौं क्षेत्र नम्बर चारका नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ ।
चुनावी प्रचारको अन्तिम दिन बुढानिलकण्ठ नगरपालिका दुई चपलीको महादेव कोलनीमा घरदैलो अभियान सञ्चालन गरिरहेको समयमा बम विस्फोट भएको हो ।
विस्फोटवाट थापा सहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, धु्रव खड्का, पूर्णबहादुर श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, रेणु बरुवाल र सुमन खड्का रहेका छन् । त्यस्तै गगन थापा, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ र परशुराम थापा पनि विष्फोटमा परी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेकाले मनमोहन मुटु उपचार केन्द्रमा पठाइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij