२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

अन्तिम टेस्ट क्रिकेटमा भारतविरुद्ध श्रीलंकाको आकर्षक जवाफ

अन्तिम टेस्ट क्रिकेटमा भारतविरुद्ध श्रीलंकाको आकर्षक जवाफ

नयाँदिल्ली । कप्तान दिनेश चाँंदिमाल र एन्जलो म्याथ्युज्को शानदार शतकको मद्दतले श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतविरुद्ध आकर्षक जवाफ फर्काएको छ ।

भारतको नयाँदिल्लीमा जारी खेलमा भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ५३६ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेकामा श्रीलंकाले पनि आकर्षक रन बटुलेको छ ।

श्रीलंकाले तेस्रो दिनको समाप्तिसम्म ९ विकेटको क्षतिमा ३५६ रन बनाएको छ । कप्तान चाँदिमालले अविजित रहँदै १४७ तथा म्याथ्युजले १११ रन बनाए । रविचन्द्रन आश्विनले ३ तथा मोहम्मद शामी, इशान्त शर्मा र रविन्द्र जडेजाले २/२ विकेट लिए ।

श्रीलंकाको यो प्रदर्शनले भारतको इनिंस अन्तरको जितको सपना चकनाचुर भएको छ । तीन खेलको शृंखलामा भारत १÷० ले अगाडि छ । यसअघि भारतका लागि कप्तान विराट कोहलीले २४३ तथा मुरली विजयले १५५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij