२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रधानमन्त्री बसेको होटेल नजिकै भेटिएको बम सेनाद्वारा निष्क्रिय

प्रधानमन्त्री बसेको होटेल नजिकै भेटिएको बम सेनाद्वारा निष्क्रिय


कैलाली । कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको शंकास्पद बस्तु प्रेशर कुकर बम रहेको पुष्टि भएको छ ।

सेनाले उक्त बमलाई निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका–५ तारानागरमा पुल नजिकै बम फेला परेको हो ।

घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ ।

निर्माणाधीन घर छेउ बोरामा राखेको बालुवामा शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

विगत ३ दिनदेखि प्रधानमन्त्री देउवा धनगढीमा छन् । उनी दिनभरी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने र बास बस्न धनगढी नै आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij