२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

म्यानचेस्टर युनाइटेडद्वारा आर्सनल पराजित

म्यानचेस्टर युनाइटेडद्वारा आर्सनल पराजित


एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३ –१ ले पराजित गरेको हो ।

आर्सनललाई उसैको घरेलु मैदानमा पराजित गर्ने क्रममा १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडको लागि जेसे लिगार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे । आर्सनलका लागि एलेक्सजेन्डर लाकाजेट्सले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियममा घरेलु टोलिमाथि युनाइटेडले पहिलो हाफको १५ मिनेट भित्रै दुई गोल गरेको थियो । खेलको चौथो मिनेटमा भ्यालेन्सियाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । खेलको ११ औं मिनेटमा लिगार्डले व्यक्तिगत पहिलो गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २ – ० को अग्रता बनाएको थियो ।

बल पोजिसनमा पकड जमाएपनि आर्सनलले दोस्रो हाफमा एक गोल मात्र फर्कायो । खेलको ४९ औं मिनेटमा लाकाजेट्सले गोल गदै आर्सनललाई २ – १ को स्थितिमा ल्याए । तर, खेलको ६३ औं मिनेटमा लिगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३ – १ को जित दिलाए ।

खेलको ७४ औं मिनेटमा मिडफिल्डर पाउल पोग्वाले रति कार्ड पाएपछि अन्तिम २० मिनेट युनाइटेड १० खेलाडीमा सिमित भएको थियो । आर्सनलका बर्लिनलाई खराब ट्याकल गरेपछि पोग्वाले सिधै रातो कार्ड पाएका थिए । पोग्वाले सन् २०१३ पछि पहिलो पटक रातो कार्ड पाएका हुन् । यसअघि उनले इटालियन क्लब युभेन्टसमा रहदा पाल्मेरोविरुद्ध रातो कार्ड खाएका थिए ।

यता, युनाइटेड १० खेलाडीमा सिमित भएपनि आर्सनलले त्यसको फाइदा लिन सकेन । आर्सनलले युनाइटेडबिरुद्ध १३ पटक डरलाग्दो आक्रमण बुनेपनि त्यसलाई युनाइटेडका गोल किपर डेभिड दि गियाले विफल बनाइदिएका थिए । आर्सनल गत जनवरीमा वाट्फोर्डसँग पराजित भएपछि पहिलोपटक घरेलु मैदानमा पराजित भएको हो ।

यो जितपछि लिगको दोस्रो स्थानमा रहेको युनाइटेडले १५ खेलबाट ३५ अंक जोडेको छ । युनाइटेड लिग लिडर म्यानचेस्टर सिटिभन्दा ५ अंकले पछि छ । एक खेल कम खेलेको सिटीको ४० अंक छ । पराजित आर्सनल २८ अंक जोडेर चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij