
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा जनतालाई झुटो आश्वासन बाँड्न हेलिकोप्टरमा देश दौडाहामा निस्केको बताएका छन् । मंगलबार अपरान्ह ललितपुरको लगनखेलमा आयोजित चुनावी सभामा उनले प्रश्न गरे, “जनता झुक्याउन किन हेलिकोप्टर दौडाएको ?”
देउवालाई बोल्न पनि नआउने टिप्पणी उनले गरे । “मुलुकको प्रधानमन्त्रीलाई बोल्न पनि आउँदैन । ‘बामपन्थीको सरकार आए तानाशाही आउँछ, जयनेपाल !’ । देउवाजीले बोल्ने त्यति हो,” उनले भने ।
ओली मञ्चमा उक्लिनेबित्तिकै सभास्थल नजिकै विष्फोटको आवाज आएको थियो । विष्फोटपछि सभामा केहीबेर तनाव उत्पन्न भए पनि केही बेरमा स्थिति सामान्य भएको छ ।
उद्घोषकले टायर पड्किएको भने पनि आवाज निकै ठूलो भएकाले सामान्य खालको बम नै हुन सक्ने सभास्थलमा रहेका सुरक्षाकर्मीले बताएका छन् ।
बम पड्किरहन्छ, हामी अगाडि बढ्न्पर्छ’ भन्दै ओलीले कसैले तर्साएर आफूहरु नतर्सिने बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij