

भैरहवा । आफ्नो सहि किर्ते गर्ने हरुलाई निर्वाचन आयोगले कारबाही गर्न नसकेकोमा एकिकृत राष्ट्रीय पार्टीका केन्द्रीय अध्यक्ष डा.प्रकास चन्द्र लोहनीले गम्भीर आपत्ती प्रकट गरेका छन् ।
आफ्नो सहि किर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले जोडदार माग गरेका छन् । भैरहवामा भएको पार्टीको सभालाई सम्बोधन गर्दै डा. लोहनीले चुनावमा बिभिन्न षड्यन्त्र गरेर आफ्नो आधिकारीक हस्ताक्षर प्रयोग गर्ने भ्रष्टाचारीलाई कारबाही गर्न नसकेकोमा निर्वाचन आयोग र नेपाल सरकार प्रति आक्रोस ब्यक्त गरेका थिए ।
चुनाव चिन्ह उस्तै उस्तै भए पछि राप्रपा प्रजातान्त्रीकका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले किर्ते गरेको आरोप लागेको विभिन्न पत्रपत्रिकाहरुले समेत सार्बजनिक गरेका थिए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका बहाल वाला स्वास्थ्य मन्त्री दिपक बोहोराले चुनाव चिन्ह उस्तै भएका कारण आफ्नो प्रतिस्पर्धीमा रहेका कमल प्रसाद उपाध्यायको उम्मेदवारी फिर्ता पाउं भन्दै डा. प्रकास चन्द्र लोहनीको किर्ते नक्कली (हस्ताक्षर) गरेको निर्वाचन कार्यलयमा पुगेको थियो । उम्मेदवार लाई सोध पुछ गर्दा गलत भएको पाए पछि कमल प्रसाद उपाध्यायको नाम फिर्ता नगरेको निवार्चन कार्यलयले बताएको थियो ।
लोकतान्त्रीक गठबन्धन बाट प्रतिनिभि सभा सदस्यमा गोलाकार भित्रको हलो बाट दिपक बोहोरा चुनाव लडेका छन् भने एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी राष्ट्रवादीको चुनाव चिन्ह चार कुने भित्र हलो बाट कमल प्रसाद उपाध्याय चुनावि मैदानमा छन् ।
एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी राष्ट्रवादी क्षेत्र नं ३ सदस्यका उम्मेदवार कमल प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्दीय उपाध्यक्ष तारा लुइंटेल, पार्टीका सहमहामन्त्री कैलाश गुरुङ, सह महामन्त्री कृष्ण प्रसाद चौधरी लगायतले मन्तव्य राखेका थिए । पार्टीका क्षेत्र नं ३ प्रदेश १ का सदस्यका उम्मेदवार ध्रुर्व नारायण लाल कर्णको स्वागत, पार्टीका नेता माधव प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij