
काठमाडौँ । काठमाडौं । सुरक्षा व्यवस्था मजबुद रहेको दाबी गर्दै गृह मन्त्रालयले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको आजको मतदानमा ढुक्क भएर सहभागी हुन मतदातालाई आह्वान गरेको छ ।
सुरक्षा लगायतको सम्पुर्ण तयारी पूरा भएको दाबी गर्दै गृह मन्त्रालयले निर्वाचन हुने ३२ जिल्लामा स्थल र हवाई गस्तीको व्यवस्था मिलाइएको जानकारी दिएको हो । सुरक्षा गस्ती र निगरानी बढाइएको भन्दै गृहले अत्यावश्यक अवस्थामा १० देखि १५ मिनेटभित्र थप प्रहरी फोर्स पुग्ने गरी व्यवस्था मिलाइएको बताएको छ ।
आजको निर्वाचनमा ६४ हजार सैनिक, ६८ हजार ६ सय ७८ प्रहरी, ४२ हजार ८ सय ९१ सशस्त्र प्रहरी र ९८ हजार १ सय ७६ म्यादी प्रहरी खटाइए छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा राखेर नेपाल प्रहरी र म्यादीलाई मतदाता र बुथ सुरक्षाको जिम्मेवारी दिइएको छ ।
यस्तै, मतदानस्थल र केन्द्रको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई दोश्रो घेरामा र समग्र निर्वाचन क्षेत्रको निगरानी र सुरक्षाका रुपमा नेपाली सेनालाई तैनाथी गरिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij